विश्वभर १६ करोड ७१ लाख ६६ हजार कोरोना सङ्क्रमित निको भए

विश्वभर १६ करोड ७१ लाख ६६ हजार कोरोना सङ्क्रमित निको भए

काठमाडौँ : विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १६ करोड ७१ लाख ६६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ४ लाख ९ हजार ६४१ जना सङ्क्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको सङ्ख्या १६ करोड ७१ लाख ६६ हजार ३२५ जना पुगेको हो ।

यस्तै पछिल्लो २४ घन्टामा विश्वभर ३ लाख ७२ हजार ७७२ जनामा सङ्क्रमण भएसँगै विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या १८ करोड २५ लाख ६५ हजार १२४ पुगेको छ ।

त्यसैगरी विश्वभर कोरोनाबाट ज्यान गुमाउनको सङ्ख्या ३९ लाख ५३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ७ हजार ६०४ जनाको ज्यान गएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ३९ लाख ५३ हजार ४६८ पुगेको छ ।

विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड १४ लाख ४५ हजार ३३१ पुगेको छ । उपचार गराइरहेकामध्ये ७९ हजार ९६५ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :