ट्रेड युनियन महासङ्घद्वारा बिपन्न मजदुरलाई राहत वितरण

ट्रेड युनियन महासङ्घद्वारा बिपन्न मजदुरलाई राहत वितरण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ केन्द्रीय आयोजक समितिको आयोजनामा महासङ्घ अन्तर्गत रहेको पेसागत सङ्घहरूको सहयोगमा अति बिपन्न तथा असक्त यातायात मजदुर धुवानी मजदुर हाईड्रो तथा खानी मजदुरहरूलाई राहत सामाग्री वितरण गरिएको छ ।

जिबिका चलाउन अति नै सङ्कट परेका २३ घरपरिवारका मजदुरहरूलाई जनही एक बोरा चामल, एक लिटर तेल, नुन, एक केजी दाल र मस्यौरा वितरण गरेको हो ।

राहत वितरण कार्यक्रममा उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक शिशिर थापामगर, हाईड्रो तथा खानी मजदुर सङ्घका अध्यक्ष केशब बुढाथोकी, पेट्रोलियम तथा धुवानी मजदुर सङ्घका संयोजक अर्जुन लामिछाने, यातायात मजदुर सङ्घका महासचिव दिपेन्द्र घिमिरे र यातायात काठमाडौँ जिल्ला अध्यक्ष माधव घिमिरेको उपस्थिति रहेको थियो ।

महासङ्घका संयोजक बिनोद थापाको विशेष उपस्थितिमा राहत सामाग्री मजदुरहरूलाई वितरण गरिएको थियो भने कार्यक्रमको सञ्चालन केशब बुढाथोकीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :