नेकपा काभ्रेको ११ औँ पूर्ण बैठक तथा प्रशिक्षण सम्पन्न

नेकपा काभ्रेको ११ औँ पूर्ण बैठक तथा प्रशिक्षण सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति, काभ्रेले वार्तामा भएको सहमति इमानदारी पूर्वक लागू गर्न नेपाल सरकारलाई माग गर्दै सहमति र कर्यान्वयनको प्रकृति अनुसार जनसमुदायमा फैलिने प्रतिबद्धता गर्दै ११ औँ पूर्ण बैठक तथा प्रशिक्षण सम्पन्न गरेको छ । उक्त बैठक पार्टी केन्द्रीय सचिवालय सदस्य कञ्चनको प्रमुख आतिथ्यमा सुसम्पन्न भएको हो । काभ्रे जिल्ला इन्चाज आधार र सेक्रेटरी प्रतापले बुधबार एक प्रेस विज्ञप्तिमार्फत ११ औँ पूर्ण बैठकमा पारित महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेका छन् ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेकपा काभ्रे जिल्लाको ११ औँ पूर्ण बैठक तथा प्रशिक्षण पार्टी केन्द्रीय सचिवालय सदस्य क. कञ्चनको प्रमुख आतिथ्यमा सुसम्पन्न भयो । बैठकमा पारित महत्वपूर्ण निर्णयहरू यसै प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्दछौँ । बैठकमा सर्वप्रथम महान् सहिदहरूप्रति १ मिनेट मौनधारण सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो । बेपत्ता तथा घाइते योद्धाहरूप्रति उच्च सम्मान् व्यक्त गरियो । पार्टी केन्द्रबाट प्राप्त प्रतिवेदन र परिपत्र वाचन गरियो । बैठकमा सहभागी कमरेडहरूको टिप्पणी, सुझाव पश्चात प्रमुख अतिथिबाट प्रभावकारी प्रशिक्षणद्वारा सहभागी कमरेडहरूलाई प्रशिक्षित गर्ने काम भयो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी प्रणालीको नीति, विधि कार्यक्रमबारे सर्वपक्षीय अन्तरक्रिया, सम्बाद गर्ने । व्याप्त कोरोना माहामारीविरुद्ध सर्वपक्षीय समितिहरू निर्माणमा विशेष पहल गरि सम्भाबित तेश्रो लहरबाट हुने क्षति रोक्न सचेतना कार्यक्रमसहित स्वयम्सेवक परिचालन गर्ने कार्यलाई प्राथामिक सूचीमा राख्ने । बर्षायामको बाढीपहिरोको कारण हुने जनधनको क्षतिबाट जनसमुदायमा पर्ने असरप्रति हरहमेसा पार्टी पङ्क्ति जागै रहने र उद्धार र राहात वितरण कार्यलाई प्राथमिक सूचीमा राख्ने । इन्द्रावती नदीमा भइरहेको बालुवा दोहण, अनियमितता समन्धित वस्तीका जनसमुदाय विरोधी क्रियाकलाप रोक्न र सम्भावित प्रलयकारी अवस्था रोक्न बिशेष पहल गर्ने । जनसमुदाय सहित नमूना उत्पादनका कार्यलाई जीवन पद्धति बनाउने र नमूना गाउँ, टोल र शहर निर्माणमा सर्वपक्षीय सम्बाद थालनी गर्ने । अदभूत राष्ट्रिय एकता सहित पारित भएको चुच्चे नक्सा आधिकारिक नगरिए र एमसीसी पास गरिए उक्त कदमका विरुद्ध जनसङ्घर्ष उट्ठान् गर्ने । आकाशिँदो महङ्गी, भ्रष्टाचार, माफियाकरण, गुन्डागर्दी निस्तेज पार्न जनसमुदाय सहित सक्रिय हुने ।’

प्रेस विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘बैठकको अन्तमा वार्तामा भएको सहमति इमानदारी पूर्वक लागू गर्न नेपाल सरकारलाई माग गर्दै सहमति र कर्यान्वयनको प्रकृति अनुसार जनसमुदायमा फैलिने प्रतिबद्धता गर्दे सौहार्दपूर्ण वातावरणमा बैठक समापन भयो ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :