निरन्तर जनताको साथमा नेकपा इलाम

निरन्तर जनताको साथमा नेकपा इलाम

इलाम : नेपाल कम्युनिस्ट पार्टी इलाम यतिबेला जनश्रम, कोभिड पीडित जनतालाई सहयोग, आफ्नै आन्तरिक उत्पादन र कार्यकर्ताहरूको बैचारिक स्तरलाई सुदृढ गर्न निरन्तर स्कूलिङ्गमा लागेको छ । जिल्लाको माई नगरपालिका र रोङ्ग गाउँपालिकामा जन श्रमदान गरेको हो ।

यसैक्रममा नेकपाले भत्किएका सडक तथा बाटो मर्मत, खानेपानीको मुहान सरसफाई र कुलो पैनीहरूको मर्मत गर्ने काम सम्पन्न गरेको छ । यतिबेला कोरोना पीडित जनतालाई सकेको सहयोग गर्दै स्थानीय पालिकासँग समेत समन्वय गर्दै उनीहरूको उपचार र उद्धारमा समेत सहयोग गरिरहेको जिल्ला इन्चार्ज सुमनसिंह पौडेलले बताए ।

नेकपा अहिले ‘एक सङ्गठन एक उत्पादन’ भन्ने नारालाई आत्मसात गर्दै आफ्नै आन्तरिक उत्पादनको निम्ति १५ रोपनी जग्गा लिजमा लिएर बाख्रापालन, फलफूल र तरकारी खेतीको समेत तयारीमा जुटेको छ । साथै अलैंची र अदुवासमेत रोप्ने काम सुरू गरेको समाचारमा जनाइएको छ ।

पार्टीले इलामका सम्पूर्ण सहिदहरूको स्मरण र सम्मानमा एउटा सहिद समाज घर निर्माण गर्ने तयारी स्वरुप ५ रोपनी जग्गा लिँदै कामलाई अगाडि बढाएको जिल्ला सचिब मौसमले बताए ।

कोरोना महामारीका कारण जनतामा सहजै जान असजिलो भएपनि आफ्नो राजनीतिक विषय जनतामा पुगाउँन र सबैसँग छलफलको वातावरण बनाउँन पार्टी यतिबेला सबै जबस श्रम र अध्ययनमा जोडिएको जिल्ला इन्चार्ज सुमनसिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :