नेकपाद्वारा सहिद परिवारको खेतमा धान रोपाइँ

नेकपाद्वारा सहिद परिवारको खेतमा धान रोपाइँ

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले सहिद तथा बेपत्ता परिवारको खेतमा जनश्रम गरेको छ । जिल्ला सेक्रेटरी विश्वासको नेतृत्वमा रूपन्देहीको बासगढीस्थित सहिद तथा बेपत्ता परिवार तुलसा पाण्डेको खेतमा गएर धान रोपाइँ गरेको हो ।

जिल्लास्थित नेकपाका नेता तथा कार्यकर्ता, स्थानीय जनता एवम् शुभचिन्तकहरूको समेत सहभागिता रहेको थियो । कोरोना महामारी र बन्दाबन्दीको समयमा जिल्लाको योजना अन्तर्गत सहिद तथा बेपत्ता परिवारको खेतमा गएर धान रोपिएको हो

जिल्ला सेक्रेटरी विश्वासले पार्टीको केन्द्रीय नीति अनुसार जनसेवा, उत्पादन कार्य, राजनीतिक कार्य र जनताको हितमा सङ्घर्षलाई सँगसँगै लैजाने उद्देश्य अनुसार हामीले जिल्लामा यसको कार्यान्वयन गरिरहेको बताए । उनले यसलाई जिल्लामा थप विस्तार गरिनेसमेत बताए ।

जनयुद्धको क्रममा तुलसा पाण्डेको दुई छोराहरूमध्ये दुर्गा पाण्डेको सहादत र युवराज पाण्डे बेपत्ता भएका थिए । नेकपा रूपन्देहीले सहिद तथा बेपत्ता परिवारहरूका लागि विभिन्न जनसेवामूलक कार्यक्रमहरू गरेर सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :