उदयपुरमा नेकपा नेता कार्यकर्ताहरू वर्षे धान काटेर श्रमदान गर्दै

उदयपुरमा नेकपा नेता कार्यकर्ताहरू वर्षे धान काटेर श्रमदान गर्दै

काठमाडौँ : वर्षायाम सुरु भएसँगै किसानहरूलाई कतै धान रोप्न र कतै धान काट्न चटारो भइरहेको बेला देशभर नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरू पनि जनताहरूसँगै श्रमदानमा जुटिरहेका छन् ।

यसैक्रममा उदयपुरका विभिन्न ठाउँमा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता जनताहरूसँगै वर्षे धान काटेर जन श्रमदान गरिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टी उदयपुरका जिल्ला इन्चार्ज विवेक कुमाल, जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलको विशेष उपस्थितिमा युवा, विद्यार्थी र जिल्लाका सबै कार्यकर्ताहरू धान काटेर श्रमदान गरेका छन् ।

उदयपुरको त्रियुगानगरपालिका शिवालय टोलका विभिन्न स्थानमा वर्षे धान काटेर श्रमदान गरिएको त्यहाँबाट देहज क्षेत्रीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :