नेकपा पाल्पाद्वारा रिब्दिकोट गाउँपालिका समिति गठन

नेकपा पाल्पाद्वारा रिब्दिकोट गाउँपालिका समिति गठन

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाले रिब्दिकोट गाँउपालिकामा प्रथम तदर्थ समितिको विस्तारित भेलाले गाँउपालिका समिति गठन गरेको छ । सोमबार जिल्ला समिति सदस्य तथा गाँउपालिका इन्चार्ज आकाशको नेतृत्वमा १ थप गर्ने गरि १५ सदस्यीय गाउँपालिका स्तरीय समिति निर्माण गरेको हो ।

विस्तारित भेलाका अध्यक्ष आकाशले पार्टीको नीति तथा कार्यक्रमलाई जनअनुमोदन भएको हुँदा स्थानीय जालीफटाहा र दलालीहरूको निन्द्रा हराम भएको बताएका छन् । उनले पार्टीले अगाडि सारेको वैज्ञानिक समाजवादी व्यवस्थाले सैद्धान्तिक बिजय गरेको र दलाल पुँजीवादी संसदीय व्यवस्था हारेको ज्वलन्त उदाहरण अहिलेको वर्तमान सत्ताको सञ्चालनबाट प्रष्ट भएको बताए ।

उक्त भेला कार्यक्रमको सञ्चालन दिपले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :