नेकपा गढवा–राजपुर गाउँपालिकाको प्रथम पूर्ण वैठक

नेकपा गढवा–राजपुर गाउँपालिकाको प्रथम पूर्ण वैठक

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत गढवा–राजपुर गाउँपालिकाको प्रथम पूर्ण वैठक सम्पन्न भएको छ । दाङ जिल्लाको प्रथम पूर्ण वैठक पछिको गाउँपालिकाको प्रथम पूर्ण वैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो ।

वैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले पार्टी जनतासँग जोडिएर उत्पादन, निर्माण र श्रमदानमा जुटेको बताए । उनले पार्टीले शान्तिपूर्ण कार्यक्रम जनमत सङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद प्राप्त गर्ने अभियानमा दृढ रहेको उद्घोष गरे । केही समूहलाई तीनबुँदे सहमति पाचन हुन नसकेको सेक्रेटरी प्रदिपको भनाई थियो । एक फरक प्रसङ्गमा सेक्रेटरी प्रदिपले भने, “हामी शान्तिपूर्ण कार्यक्रममा आउँदा हतियार सोध्नेहरू परिवर्तन विरोधी, क्रान्ति विरोधी तत्व हुन् ।”

वैठकमा मन्तव्य राख्दै लमही नगर सेक्रेटरी जनकले पार्टी जनतामा लोकप्रिय बन्दै गएको बताए । उनले असफल संसदीय व्यवस्थाका विरुद्ध देशभक्त, प्रगतिशील, कम्युनिस्ट, सच्चा लोकतन्त्रवादीहरू एकजुट हुन अपिल गरे ।

गढवा–राजपुर गाउँपालिका इन्चार्ज/सेक्रेटरी सुरजको अध्यक्षता तथा सञ्चालनमा भएको वैठकले २९ सदस्यीय गाउँकमिटी चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :