जातीय विभेदका विरुद्ध प्रदर्शन कार्यक्रम सम्पन्न,संसदीय व्यवस्थाले जघन्य अपराधहरु अन्तय नहुने

जातीय विभेदका विरुद्ध प्रदर्शन कार्यक्रम सम्पन्न,संसदीय व्यवस्थाले जघन्य अपराधहरु अन्तय नहुने

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीको आयोजनामा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

पत्रकार रुपा सुनारलाई जातीयता कै आधारलाई लिएर काठमाडौँमा पक्का भई सकेको कोठा नदिएकी घर बेटी सरस्वता प्रधानका विरुद्ध र मुद्धा परि सकेर हिरासतमा रहेकी घरबेटीलाई तत्कालिन शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ का विरुद्ध आज अर्घाखाँचीको शान्ति बगैंचामा विरोध प्रदशन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का जिल्ला इन्चार्ज तथा नेकपाका सन्धिखर्क र भुमिकास्थान नगर इन्चार्ज नविन खड्का (बारुद) ले दश बर्षे जनयुद्धमा केही मात्रामा कम भएको यो विभेद प्रचण्ड बाबुराम जब दलाल संसदिय व्यवस्थामा बिलय हुन पुगेपछी नेपालमा फेरी प्रतिक्रान्ति भएको छ र फेरी बलात्कार, हत्या, हिंसा, लुटपाट भइरहेको छ । अझै पनि यही दलाल पुँजीवादी व्यवस्था रह्यो भने दिन दाहाडै चेलिबेटी बलात्कार हुने छन । हत्या, हिंसा जस्ता जघन्य अपराधहरु बढ्ने छन किनभने यो दलाल सत्तामा पैसा र पावरले जे गर्न पनि छुट दिएको छ । एक दिन यो दलाल सत्ता र केपि ओलीका भरौटेहरुलाइ सडकमा ल्याउएर जनताले दण्डित गर्ने चुनौती दिएका छन ।

यस्तै अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष बाबुराम एसके ले राजधानी मै एउटा दलित भनेर यति सम्म हेपिएको छ भने अन्य गाउ“ समाजमा झन कति धेरै छन । जातिय हिंसा गर्ने सरस्वता प्रधानलाई नालायक कृष्ण गोपाल श्रेष्ठ नालायक शिक्षा मन्त्रीले लज्जास्पद काम गरेको छ । अमेरीका भारत लगाएत पुजिवादी देशका जातिय घटनाका बिषयलाई उदाहरण दिदै यो विभेद कुनै व्यक्ति, संस्था अथवा निकायले अथवा पुँजीवादी राज्य व्यवस्थाले अन्त्य नहुने र वैज्ञानिक समाजवादले मात्र यसको समाधान गर्ने कुरा रहेको बताएका छन् ।

करिब ५० जना उपस्थित रहेको जातिय विभेद विरुद्धको कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी)का जिल्ला सचिव गिरिजा खड्का र संचालन उपाध्यक्ष पदम नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :