नेपाल कम्युनिस्ट पार्टी, पाल्पाको बैठक सम्पन्न

काठमाडाैँ  : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाको पूर्ण वैठक सम्पन्न भएको छ । जिल्ला इन्चार्ज अपेक्षा र सेक्रेटरी प्रभातले बैठक पछि प्रेस विज्ञप्ति जारी गर्दै वैठकले गरेका विभिन्न निर्णयहरु सार्वजनिक गरेका छन् ।

शनिबार जारी गरिएको विज्ञप्तिमा कोरोनाको तेस्रो लहरबाट जनतालाई बचाउन छिटोभन्दा छिटो कोरोना खोप उपलब्ध गराउन नेपाल सरकार संग माग गरिएको छ । यस्तै बाढी पहिरो पिडित नागरिकहरुलाई राहत उद्धार व्यवस्थापनमा स्थानीय सरकारले देखाएको उदासीनताको घोर भत्सर्ना गर्दै राहत, उद्दार र पुर्नरनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । 

पहिरोको कारण अवरुद्ध भएको पाल्पा वुटवल सडक खण्ड अन्तर्गत सिद्दार्थ राजमार्गको तिनाउ गाँउपालिका दोभान सिद्दबाबा खण्ड सुचारु गर्न पनि माग गरिएको छ । जिल्लामा बढ्दै गएको भ्रष्टाचार, महङ्गि, करवृद्दि साथै उत्पिडित वर्ग, जाति, लिङ्ग माथि भईरहेको विभेद, सामाजिक अपराधका घटनालाई रोक्न र पिडितलाई न्याय दिलाउन र पिडकलाई कडा कार्वाही गर्न पनि नेकपा पाल्पाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :