राष्ट्रको वैरीहरू

कविता

दलाल, भ्रष्ट र माफियाहरू
उनको सङ्गीत देखि तर्र्सिएका छन्
उनले चलाउने कलम देखि सङ्गीत भएर
डराएका छन्, आत्तिएका छन् ।
त्यसैले उनका
सङ्गीत सिर्जना गर्ने हातहरू
हतकडीले बाँधी दिन्छन्
उनलाई जेलको यातना दिन्छन्
उनि
आस्थाको उचाई
क्रान्तिको सगरमाथा हुन्
उनि मृत्यु सहन छन्
तर
अन्याय सहदैनन्
दलालहरूको जेल नेनदेखि
अत्याचारको खुनि बन्दुक देखि
उनले शिर झुकाएनन्,
बरु
क्रान्तिको खातिर
बलिदानको शिखर चढ्न तयार भए ।
उनि जनताको आँखाहरूमा
नानी बनेर बसेका छन्
घाइतेहरूको छाउमा
सित्तल मलग बनेका छन्

सर्वहारा वर्गको
तनमा मनमा
मुक्तिको गित बनेर बसेका छन्
उनि क्रान्तिको धड्कन बनेर
धड्कीरहेका छन् ।
उनि अर्थात क. माइला लामा

उनि लाखौँमा एक छन्
उनि महान् छन्
उनलाई सम्बोधन गर्ने त्यस्तो
ओज पुपी शब्दहरू
मरो कवितामा नभेटिएला
तर म
उनलाई हदयबाट नै
आधार सत्कार गरिहने छु
सधै सधै सम्मान गरिरहने छु ।

खाँदवारी कारागार संखुवासभा

प्रतिक्रिया दिनुहोस्