नेकपा, लमही नगरको प्रथम पूर्ण बैठक सम्पन्न

नेकपा, लमही नगरको प्रथम पूर्ण बैठक सम्पन्न
दाङ : नेपाल कम्युनिस्ट पार्टी, दाङ जिल्ला अन्तर्गत लमही नगरको  प्रथम पूर्ण बैठक बिहीबार सम्पन्न भएको छ । नेकपा, दाङ जिल्लाको १०औँ  पूर्ण बैठक पछिको नगरको  प्रथम पूर्ण बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो।
 
बैठकलाइ सम्बोधन गर्दै दाङ जिल्ला सेक्रेटरी तथा बैठकका प्रमुख अतिथि प्रदिपले पार्टीले अघि सारेको नयाँ कार्यनितिक योजना जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद प्राप्तिको  बारेमा स्पष्ट पार्नुभयो ।
 
उहाँले संसदीय व्यवस्था चरम संकटमा पुगेको बताउदै सबै देशभक्त, क्रान्तिकारी, कम्युनिस्ट,सच्चा लोकतन्त्रवादी शक्तिहरू विचको सहकार्यको  आवश्यक्ता रहेको उद्घोष गर्नुभयो ।
 
एक फरक प्रसंगमा सेक्रेटरी प्रदिपले संसदीय व्यवस्था स्विकार गरेर वार्तामा आएको भनेर भ्रम सिर्जना गर्न  प्रतिक्रियावादी तत्वहरु दिनरात लागिपरेको बताउनुभयो। उहाँले भन्नुभयो,”हामीले बिद्रोह संसदीय व्यवस्था विरुद्ध गरेका हौँ र यो व्यवस्थालाइ ध्वस्त गरि छाड्छौ ।” 
 
नेकपा लमही नगर  इन्चार्ज  जनकको संचालन तथा  अध्यक्षतामा भएको बैठकमा गढवा-राजपुर गाउपालिका इन्चार्ज सुरज, नेकपा, दाङ जिल्ला सल्लाहकार समितिका सदस्य मधुसूदन गिरीको आतिथ्य रहेको थियो। नगरको प्रथम पूर्ण बैठकले २१ सदस्यीय नगर समिति चयन गरेको छ।
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :