कोभिड–१९ ले प्रभावित पारेको बस्तीलाई नेकपाले गर्याे राहात वितरण 

कोभिड–१९ ले प्रभावित पारेको बस्तीलाई नेकपाले गर्याे राहात वितरण 

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको गोखुङगा गाउँ समिति अर्घाखाँचीको आयोजनामा मालारानी–८ गोखुङगामा गरिब घर परिवारलाई राहात वितरण गरेको छ ।

पार्टी अर्घाखाँची र अखिल (क्रान्तिकारी) अर्घाखाँचीले संयुक्त रुपमा विश्व माहामारीको रुपमा फैलिएको कोभिड–१९ ले प्रभावित पारेको बस्तीमा ८ अपाङग तथा गरिब घर पविारलाई राहात स्वरुप चामल, नुन र दाल वितरण गरेको छ ।

राहात कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका जिल्ला सचिव खेम घर्ति क. माहुरीले यो राहातले एउटा घाउमा मलम लगाउने काम मात्र गरेको र यसले सधैभरी नहुने बताउदैँ यस सरकारले यो माहामारीमा मन्त्री र प्रधानमन्त्री बनाउने खेलमा लागेको छ सरकार नागरीक प्रती जिम्मेवार नरहेको बताएका छन् । यस्तै बिकासका नाममा बाटोमा बजेट राखेर स्थानिय तह देखि केन्द्र सम्मका नेताहरु भ्रष्टचारमा लागेको बताएका छन् ।

यस्तै अखिल (क्रान्तिकारी) का जिल्ला ईन्चार्ज तथा सन्धिखर्क तथा भुमिकास्थान नगरपालिका पाटी इन्चार्ज नविन खड्काले दलाल संसदिय ब्यबस्थाका मतियाराहरु जनतालाई घर भित्र हुलेर कुर्सीको लागी लुछाचुडी गरिरहेको बेला हाम्रो जनप्रिय पार्टी नेपाल कम्यूनिष्ट पाटी र जबस मोेर्चाहरु यो माहामारीको समयमा रक्तदान, उद्धार, स्वास्थ्य सामाग्री हस्तातन्तरण तथा बितरण, राहात बितरण लगाएत जनता संग एकाकार हुँदै आएको छ । दलाल संसदिय ब्यबस्थालाई खरानी बनाई वैज्ञानिक समाजवाद ब्यबस्था ल्याउनको लागी सचेत नागरीकहरु एक हुने बेला भएको बताउदैँ क्रान्तिकारी पाटीमा लामबद्ध भएर लाग्न आब्हान गरेका छन ।

राहात बितरण कार्यक्रममा पत्रकार अयन विश्वकर्मा, अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष बाबुराम एस के, उपाध्यक्ष, पदम नेपाली को उपस्थिती रहेको कार्यक्रमलाई जिल्ला सचिव गिरिजा खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :