कुलोको विषयमा विवाद हुँदा दाङमा गोली चल्यो

कुलोको विषयमा विवाद हुँदा दाङमा गोली चल्यो

दाङ : कुलो पानीको विषयमा भएको विवादले दाङको तुलसीपुरमा गोली चलेको छ ।

तुलसीपुर उप-महानगरपालिका वडा नम्बर ८ अस्वारास्थित कुलोका विषयमा विवाद हुँदा स्थानीय पूणर्बहादुर ओलीले अमिन मिलन केसीमाथि गोली चलाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताए । गोली भने कसैलाई पनि नलागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिबबहादुर सिंहले जानकारी दिए ।

आफ्नो जग्गा छोडेर कुलो निर्माण गर्न स्थानीय पूणर्बहादुर सिंहले अमिन मिलन केसीलाई आग्रह गरे र मिलनले उक्त प्रस्ताव अस्वीकार गर्दा विवाद चर्किएको र पूणर्बहादुर ओलीले एक राउन्ड फायरिङ गरेको र गोली भने कसैलाई नलागेको डिएसपी सिंहले जानकारी दिए ।

तुलसीपुर ८ चन्द्रगञ्जका भारतमा बस्दै आएका पूणर्बहादुर केही दिनअघि मात्रै घर आएका थिए । उनले भारतबाट आउने बेला पेस्तोल लिएको प्रहरीले जनाएको छ । उनले पेस्तोल घरमै लुकाएर राखेको र विवादका क्रममा निकालेर गोली चलाएको प्रहरीले जनाएको छ ।

एक राउण्ड गोली चलाएपछि पूणर्बहादुर मोटरसाईकलमा भागेका थिए । प्रहरीले उनलाई टिकरी भन्ने स्थानबाट नियन्त्रणमा लिएको डिएसपी सिंहले जानकारी दिए ।

प्रहरीले केहीबेर अघि मात्रै उनलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान गर्न बाँकी रहेको डिएसपी सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :