सापकोटा दम्पतीको घर निर्माण गर्दै युवा संगठन

सापकोटा दम्पतीको घर निर्माण गर्दै युवा संगठन

काठमाडौँ : नेकपाका अग्रभागिय सङ्गठन युवा सङ्गठन नेपाल रूपन्देहीले बुटवल उपमहानगरपालिका–१७, सेक्टर नम्बर–१, दुर्गाटोलमा बस्दै आएका अशक्त, असहाय बृद्धको घर निर्माण कार्य शुरु गरेको छ । युवा संगठनले ८१ बर्षिय गोपिलाल सापकोटा र श्रीमती मायादेवी सापकोटाको घर निर्माण कार्य सुरु गरेको हो । निर्माण कार्यमा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वास, जिल्ला सचिवालय सदस्य नविन, श्यामलगायतका नेकपाका नेताकार्यकर्ताहरू लागेका छन् । युवा संगठन नेपालका रूपन्देही अध्यक्ष सन्तोषको नेतृत्वमा युवाको जिल्ला समिति, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज रुपा बुढा मगरको नेतृत्वमा विद्यार्थीहरू र सरिता बराहको नेतृत्वमा अनेमसंघ (क्रान्तिकारी)का स्थानीय महिला सदस्यहरूको सहभागितामा शुक्रबारबाट घर निर्माण कार्य सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :