नेकपा मकवानपुरद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री प्रदान

नेकपा मकवानपुरद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री प्रदान

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुरलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवं मकवानपुर जिल्ला जिल्ला इन्चार्ज नयन र पुर्व जिल्ला इन्चार्ज वाटरको नेतृत्वमा नेपाल पत्रकार महासंघ मकवानपुरलाई मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

शनिबार बिहान स्वास्थ्य सामाग्री प्रदान गरेपछि जिल्ला इन्चार्ज नयनले देशको चौथो अङ्गको रुपमा स्थापित पत्रकार महासंघ अन्तर्गत रही काम गरिरहेका पत्रकारहरु जनताप्रति उत्तरदायि हुनुपर्ने बताए । आजको युगमा दलाल संसदीय व्यवस्थाको असफलता र वैज्ञानिक समाजवादी व्यवस्थाको अपरिहार्यता विषयमा स्पष्ट हुँदै दलाल राज्यसत्ताका मालिकप्रति नभई जनताप्रति उत्तरदायी हुनुपर्ने उनको भनाई थियो । अब नेपाली जनताले व्यक्ति छनोट गर्ने संसदिय व्यवस्थाको चुनावको विकल्पमा आफ्नो व्यवस्था चुन्ने जनमतसंग्रह चाहेकोले यो विषय स्पष्ट र निष्पक्ष ढङ्गले अगाडि सार्दै सम्बन्धित तह र तप्कासम्म पुर्याउनुपर्ने जिम्मेवारी बोध गर्न पत्रकारहरुलाई आग्रह गरे ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले उक्त स्वास्थ्य सामग्री ग्रहण गर्दै नेपाल कम्युनिस्ट पार्टीको सहयोगी भावनाको कदर गरेका छन् । साथै दुःख र कष्टको जन्जिरले जेलिएका आम नेपाली जनताका आवश्यकताको मध्यनजर गर्दै प्रतिबन्धको बावजूद पनि आफ्नो स्पष्ट राजनीतिक कार्यदिशा सहित नेकपा जनतामा गएकोमा खुशी व्यक्त गरे । उनले कोरोना संक्रमणको समयमा नेपाल पत्रकार महासंघलाई आवश्यक पर्ने, जुन नेपाल सरकारले व्यवस्था गर्न नसकेको स्वास्थ्य सामग्री उपलब्ध गराईदिएकोमा नेकपा मकवानपुरलाई धन्यवाद दिनुका साथै आगामी दिनमा पनि यस्तै खाले सहयोगी हात बढाउँदै जनताको मन जितेर आफ्नो लक्ष्यसम्म पुग्न शुभकामना समेत दिए ।

कार्यक्रमकै बिचमा अबका दिनदेखि नेपाल कम्युनिस्ट पार्टी जनताका सुख दुःखमा साथ दिँदै नयाँ ढङ्गले अगाडि बढ्ने र यस कार्यप्रति पत्रकार मित्रहरु स्पष्ट भई वैज्ञानिक समाजवाद स्थापना गर्ने कार्यमा जुट्न आह्वान समेत गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :