कालीकोटमा स्वास्थ्य तथा सरसफाई अभियान तिब्र

कालीकोटमा स्वास्थ्य तथा सरसफाई अभियान तिब्र

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कालीकोटले स्वास्थ्य तथा सरसफाई अभियानलाई तिब्र बनाएको छ । शुक्रबार २८ गते कालीकोटको राम्नाकोट लाफामा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सहित लाफा गाउँका ५५ घरधुरीलाई एकएक चक्की साबुन र मास्क बितरण गरिएको हो ।

जिल्ला सेक्रेटरी रणदिप, जिल्ला कमिटी सदस्य तखत, युवा सङ्गठन समिति सदस्य सरोज न्यौपाने, मनोज न्यौपाने, रुपन्देही जिल्ला कमिटी सदस्य लक्ष्मण न्यौपाने, एरिया कमिटी सदस्य रमेश न्यौपाने, इलाका उपाध्यक्ष धर्म बराल लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

उक्त सम्पन्न सचेतना कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी रणदिपले बस्तु दिएर भन्दा पनि स्वास्थ्य सम्बन्धी चेतना दिनका लागि यो अभियान थालिएको बताए । यस्तै स्थानीय निकाय एवम् जनप्रतिनिधिहरू बजेट भुक्तानी र कमिसनको खेलोमेलोमा ब्यस्त रहेको बेला नेकपाले यो अभियान थालेकोमा हामी निकै खुसी छौँ लाफा निबासी ६३ बर्षीय जयप्रसाद न्यौपानेले बताए ।

यो अभियान जिल्लाभरी चलाइने जिल्ला सेक्रेटरी रणदिपले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :