धनुषामा स्वास्थ्य सामाग्री वितरण

धनुषामा स्वास्थ्य सामाग्री वितरण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी, धनुषाले सुकुमबासी वस्तीमा मास्क र सेनेटाइजर वितरण गरेको छ । आइतबार बिहान मिथिला नपाको वडा नं. ५, ६ र ७ का ढक्केवर, चावेडाँडालगायतका दलित तथा सुकुमबासी वस्तीमा १ हजार थान मास्क र १० लिटर सेनेटाइजर वितरण गरेको सेक्रेटरी दिनेश सारुले बताएका छन् ।

पार्टीका केन्द्रीय सदस्य तथा धनुषा, महोत्तरी जिल्ला इन्चार्जसमेत रहेका नेता देवनारायण साहको पहल र नेतृत्वमा सो स्वास्थ्य सामाग्री वितरण गरिएको हो । कार्यक्रममा जनस्वयम्सेवक सङ्घका युवाहरूको विशेष सहयोग र सहभागिता रहेको प्रेषित समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :