नेकपा दाङद्वारा वलीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

नेकपा दाङद्वारा वलीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला सदस्य रेखा रोकाका बुवाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

पार्टी निकट राष्ट्रिय निजामति कर्मचारी संगठन केन्द्रीय उपाध्यक्ष नरबहादुर रोकाका ससुरा बुवा तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला सदस्य रेखा रोकाका बुवा तुलसीपुर उप-महानगरपालिका वडा नं १९ निवासी विनुलाल वलीको जेठ १६ गतेका दिन ८५ वर्षको उमेरमा दुःखद निधन भएको थियो।

नेकपा दाङका सेक्रेटरी प्रदिप वलीले आज मृतकको घरमा पुगी विनुलाल वलीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :