देशका नेता

कविता

देशका नेता

हाम्रो देशका नेतालाई लड्न पाए हुन्छ !
जे गरेर भए पनि कुर्सी पाए हुन्छ !!

जनता जति कराए नि एक छाक खाना छैन !
उनलाई महँगा र राम्रा कार चढ्न पाए हुन्छ !!

जनताको केको वास्ता जेजस्तो भए पनि !
दिनदिनै नगद मौज्दात लुट्न पाए हुन्छ !!

बनाएर गगनचुम्बी आठ–दस तले घर !
चारैतिर सरकारी कार राख्न पाए हुन्छ !!

किन गर्नु विकास यहाँ आफ्नै देशलाई !
किन गर्नु सुधार यहाँ शैक्षिक क्षेत्रलाई !!
आफ्ना सन्तान विदेशमा पढ्न पाए हुन्छ !!!

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :