संसदीय व्यवस्थाको असफलताबारे बहस चलाउने नेकपा काठमाडौँ महानगरको निर्णय

संसदीय व्यवस्थाको असफलताबारे बहस चलाउने नेकपा काठमाडौँ महानगरको निर्णय

काठमाडौँ : नेकपा काठमाडौँ महानगर समितिले असफल संसदीय व्यवस्था र वैज्ञानिक समाजवादको अपरिहार्यताबारे व्यापक बहस चलाउने निर्णय गरेको छ । इन्चार्ज सौगात र सेक्रेटरी रोमिकले पार्टी बैठकका निर्णय सार्वजनिक गर्दै वैज्ञानिक समाजवाद र कम्युनिस्ट आन्दोलनका बारेमा विभिन्न पार्टीका नेताहरू, बुद्धिजीवीहरू र प्रगतिशील शक्तिहरूसँग परिस्थितिअनुकूल बहस सञ्चालन गर्ने निर्णय गरिएको जनाएका छन् ।

बैठकमा जीवन र सौगातले परिवर्तित राजनीतिक अवस्था र पार्टी कार्यदिशाबारे व्याख्या गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले जनसमुदायका साथै पार्टी नेता र कार्यकर्तामा कोरोना र लकडाउनले पारेको सङ्कट र व्यवस्थापनमा आएको सङ्कट समाधानको उपायसहित पहलकदमी लिने निर्णय पनि गरेको छ ।

बैठकले कोरोनाका बारेमा सामाजिक सञ्जाल प्रयोग गरी जनचेतना फैलाउने र कोरोनाका नाममा भएका भ्रष्टाचारको बारेमा जनतालाई सूचना गरी खबरदारी गर्न अपिल गर्ने निर्ण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बैठक इन्चार्ज सौगातको अध्यक्षता र सञ्चालन तथा जीवनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :