नेकपा कञ्चनपुर विपन्न जनताको सहारा बन्दै

नेकपा कञ्चनपुर विपन्न जनताको सहारा बन्दै

कञ्चनपुर : नेकपाले भीमदत्त नगर समितिको आयोजनमा जनयुद्धका सहिद तेजबहादुर कार्की ‘परिवर्तन’ को सम्झनामा शनिबार ३० परिवारलाई दाल, चामल, डेटोल साबुन, नुन र मास्क वितरण गरिएको छ ।

कोरोना मात्र नभएर जस्तोसुकै सङ्कट उत्पन्न भए पनि आफूहरू जनताको स्वयम्सेवक भएर खट्न तत्पर रहेको नेकपा कञ्चनपुरका युवा नेता दीपेन्द्र ऐरीले सहायता हस्तान्तरण कार्यक्रममा बताए । नेकपा भीमदत्त नगर समितिले यसअघि पनि १२ परिवारलाई राहत वितरण गरेको थियो ।

यसैगरी नेकपा भीमदत्त नगर समितिले कोरोनाविरुद्ध सचेतना अभियानका क्रममा भित्तेलेखन जारी राखेको जानकारी नगर समितिका इन्चार्ज खड्क धामीले दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :