माफियासँगको मिलोमतोमा सयौँ बिघा जमिन कित्ताकाट गरिएको भन्दै ६ राजनीतिक पार्टीको आपत्ति

माफियासँगको मिलोमतोमा सयौँ बिघा जमिन कित्ताकाट गरिएको भन्दै ६ राजनीतिक पार्टीको आपत्ति

चितवन : नेकपासहित चितवन जिल्लाको माडी नगरपालिकामा क्रियाशील ६ राजनीतिक पार्टीले माडी नगरपालिकाभित्रको सयौँ बिघा खेतीयोग्य तथा पर्यटकीय क्षेत्रसमेतमा रहेको जग्गा भूमाफियाहरूको मिलोमतोमा कित्ताकाट गरिएको भन्दै विगतमा गरिएका सम्झौता र तथ्य–सत्य प्रमाणसहित आफ्नो धारणा तुरुन्त पेस गर्न नगरपालिकासँग माग गरेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्ने राजनीतिक पार्टी र व्यक्तिहरूमा नेकपाका जिल्ला सदस्य अशोक महतो, नेकपा (एमाले) का नगर अध्यक्ष रेशमलाल आचार्य, नेपाली काङ्ग्रेसका नगर सभापति कोमलनाथ भुसाल, जसपा नेपालका नगर अध्यक्ष रमाकान्त सापकोटा, राप्रपाका नगर अध्यक्ष वीरेन्द्रबहादुर भण्डारी र नेकपा क्रान्तिकारीका इलाका सेक्रेटरी देवीलाल पौडेल छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘माडी नगरपालिकाको नगरपरिषद्को निर्णयविपरीत भूमाफियाहरूको मिलोमतोमा सयौँ बिघा जमिन कित्ताकाट गरिएको सार्वजनिक भई माडीका विभिन्न क्रियाशील राजनीतिक पार्टीहरूले विज्ञप्ति जारी गरी माडी नगरपालिकाको ध्यानाकर्षण गरेको यतिका दिनसम्म पनि माडी नगरपालिकाको आधिकारिक धारणासमेत नआएकाले तुरुन्त विगतमा गरिएका सम्झौता र तथ्यसत्य प्रमाणसहित आफ्नो धारणा पेस गर्नुहुन र माडीका सम्पुर्ण राजनीतिक दलहरू तथा अन्य सरोकारवालाहरूलाई राखी छलफल गर्न जोडदार माग गर्दै यो संयुक्त प्रेस विज्ञप्ति जारी गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :