विश्वभर कोरोनाबाट ३७ लाख ५ हजार ९४२ को मृत्यु

विश्वभर कोरोनाबाट ३७ लाख ५ हजार ९४२ को मृत्यु

काठमाडौँ : विश्वभर कोरोनाले मृत्यु हुनेको सङ्ख्या ३७ लाख ५ हजार ९४२ पुगेको छ । पछिल्लो २४ घन्टामा १० हजार ९२५ जनाको मृत्यु भएकोसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको सङ्ख्या यति पुगेको हो ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ६ लाख १० हजार ९९३ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ४ लाख ६७ हजार ७०६ जनाको मृत्यु भएको छ ।

मृतकका आधारमा भारत तेस्रो स्थानमा रहे पनि दोस्रो लहरको सङ्क्रमणको ‘हटस्पट’ बनेको छ । भारतमा पछिल्लो २४ घन्टामा २८ सयजनाको मृत्यु भएको छ । त्यहाँ मृतकको सङ्ख्या ३ लाख ३८ हजार १३ पुगेको छ ।

दैनिक सङ्क्रमण वृद्धिका आधारमा भारत अहिले विश्वकै अतिप्रभावित मुलुकमा छ । भारतमा १८ वैशाखमा कोरोना सङ्क्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो सङ्ख्या १ लाख ३४ हजार १०५ मा झरेको छ ।

विश्वभर निको हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा विश्वभर सङ्क्रमितभन्दा निको हुने धेरै छन् । २४ घन्टामा ४ लाख ८७ हजार ५९३ जनामा सङ्क्रमण देखिँदा ६ लाख ४१ हजार १२३ जना निको भएका छन् ।

पछिल्लो विवरणअनुसार विश्वभर निको हुनेको सङ्ख्या १५ करोड ५२ लाख ४६ हजार ७८२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :