अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा रानीगन्जका ७० घरमा मास्क र सेनिटाइजर वितरण

अखिल (क्रान्तिकारी) रूपन्देहीद्वारा रानीगन्जका ७० घरमा मास्क र सेनिटाइजर वितरण

बुटवल : अखिल (क्रान्तिकारी) रूपन्देहीले बुधबार रूपन्देही जिल्लास्थित रानीगन्जमा मास्क र सेनिटाइजर वितरण गरेको छ ।

सङ्गठनले ‘कोभिड १९ विरुद्ध विद्यार्थी अभियान’ अन्तर्गत रानीगन्जका करिब ७० घरमा गएर मास्क र सेनिटाइजर वितरण गरेको सङ्गठनकी जिल्ला अध्यक्ष इन्दु ओलीले बताइन् । उक्त अभियानमा नेपाल कम्युनिस्ट पार्टी बुटवल इलाका सदस्य सरिता बराह, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढामगर, सङ्गठनकी जिल्ला अध्यक्ष इन्दु ओली, सङ्गठनका जिल्ला उपाध्यक्ष पारस राहादी मगर, जिल्ला सहसचिव पवन ज्ञवाली, जिल्ला सदस्य पर्शुन ज्ञवालीलगायत पार्ट र विद्यार्थी नेता–कार्यकर्ताको उपस्थिति थियो ।

सङ्गठनले कोरोना भाइरसविरुद्धको विद्यार्थी अभियानलाई निरन्तरता दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :