वेल्समाथि फ्रान्सको सहज जित

वेल्समाथि फ्रान्सको सहज जित

काठमाडौँ : युरोकप फुटबलको तयारीस्वरूप भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले वेल्सलाई सहजै हराएको छ । घरेलु मैदानमै भएको खेलमा फ्रान्सले वेल्सलाई ३–० अन्तरले पराजित गर्यो ।

खेलको २६ औँ मिनेटमा निको विलियम्सले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित बनेको वेल्समाथि फ्रान्स हाबी भएको हो । फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पे, एन्टोनियो ग्रिजम्यान र ओसुमान डेम्बेलेले एक÷एक गोल गरे ।

युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :