गीत

स्थायी
जति नै राख यो जेलमा थुनेर
काला–काला कानुनको जालो बुनेर
बन्दी हुन्न हाम्रो यो सुन्दर सपना
काँडे तार–बारले थुन्न खोजेर
अन्तरा
जनताहरू भोकमरीले छट्पटाउँदैछन्
शासकहरू मस्तीमा दिन बिताउँदैछन्
भ्रष्टाचारको अड्डा भो सिंहदरबार
कमिसनको आहालमा डुब्यो सरकार
अन्तरा
सोझा–सीधा जनतालाई हतकडी र नेल
चल्दैछ नि घिनलाग्दो कुर्सी तान्ने खेल
बिग्रिसक्यो लौ हेर देशको अवस्था
ल्याउनैपर्छ जनताको नयाँ व्यवस्था ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :