गन्धर्व बस्तीमा स्वास्थ्य शिविर

गन्धर्व बस्तीमा स्वास्थ्य शिविर

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ सुर्खेतको आयोजनामा सुर्खेत, वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ अन्तर्गत बालुवाटारको गन्धर्व बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

शिविरमा कोरोना भाइरस, मौसमी फ्लु, रुघाखोकी, ज्वरो, आउँ, पेटको समस्यालगायत रोगबाट पीडित ५० जनाको स्वास्थ्य परीक्षण गर्दै लक्षणका आधारमा रोग पहिचान गरी आवश्यक परामर्श दिनुका साथै सिटामोल, प्यान्टापराजोल, जिङ्क ट्याब्लेट, मेट्रोनिडाजोल, भिटामिन बी, सी, डी, क्याल्सियम, डिकोल्ड, निम्स, सिप्रोफ्लाक्सासिन, अल्ट्रासिड, एन्टिएलर्जिक, एन्टिफङ्गल, एन्टिब्याक्टेरियल, साइनेक्स, जीवनजललगायत औषधी, २०० थान मास्क र ३ लिटर सेनिटाइजर पनि निःशुल्क वितरण गरिएको महासङ्घले जनाएको छ ।

उक्त शिविरमा जनस्वास्थ्यकर्मी महासङ्घ सुर्खेतका फिजियो थेरापिस्ट भूमिप्रसाद उपाध्याय र अहेव आशा सहकारीले सहजीकरण गरेका थिए ।

वितरित औषधी र स्वास्थ्य सामग्री जिल्ला जनस्वास्थ्य सुर्खेत, वीरेन्द्रनगर नगरपालिका कार्यालय, औषधी व्यवसायी सङ्घ सुर्खेत, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयबाट सहयोगस्वरूप प्राप्त भएको पनि महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :