महासचिव विप्लवद्वारा मनकुमारी दुराप्रति हार्दिक श्रद्धाञ्जली

पार्टी केन्द्रीय सदस्य आस्थालाई मातृशोक

महासचिव विप्लवद्वारा मनकुमारी दुराप्रति हार्दिक श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपाकी केन्द्रीय सदस्य सावित्रा दुरा ‘आस्था’ की ममतामयी आमा मनकुमारी दुराप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । महासचिव विप्लवले आस्थालगायत शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन् । मनकुमारी दुराको कोरोना सङ्क्रमणबाट आज निधन भएको हो ।

महासचिव विप्लवद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य क. सावित्रा दुरा ‘आस्था’ की ममतामयी आमा मनकुमारी दुराको कोरोना सङ्क्रमणका कारण आज बिहान भएको दुःखद् र असामयिक निधनले हामीलाई दुःखी बनाएको छ । मृतक आमा मनकुमारी दुराप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै केन्द्रीय सदस्य क आस्थालगायत सपरिवारमा गहिरो समवेदना प्रकट गर्दछ ।’ शोक वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :