बाढीपीडित बस्तीमा स्वास्थ्य शिविर

बाढीपीडित बस्तीमा स्वास्थ्य शिविर

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ सुर्खेतको आयोजनामा बराहताल गाउँपालिका वडा नं. २ गिरिघाटमा रहेको २०७१ सालको बाढीपीडित बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

शिविरमा कोरोना भाइरस, मौसमी फ्लु, रुघाखोकी, ज्वरो, आउँ, पेटको समस्यालगायत रोगबाट पीडित ६८ जनाको स्वास्थ्य परीक्षण गर्दै लक्षणका आधारमा रोग पहिचान गरी सिटामोल, प्यान्टापराजोल, जिङ्क ट्याब्लेट, मेट्रोनिडाजोल, भिटामिन बी, सी, डी, क्याल्सियम, डिकोल्ड, निम्स, सिप्रोफ्लाक्सासिन, अल्ट्रासिड, एन्टीएलर्जिक, एन्टीफङ्गल, एन्टीब्याक्टेरियल, साइनेक्स, जीवनजललगायतका औषधी, ४५० थान मास्क र ५ लिटर सेनिटाइजर निःशुल्क वितरण गरिएको थियो ।

शिविरमा जनस्वास्थ्यकर्मी महासङ्घ सुर्खेतका फिजियोथेरापिस्ट भूमिप्रसाद उपाध्याय र अहेव आशा सहकारीले सहजीकरण गरेका थिए । गणेश बोकटी, चरित्र बिष्ट, परेकबहादुर बिष्टलगायत स्थानीय युवा स्वयम्सेवकले स्वयम्सेवी भूमिका निर्वाह गरेका थिए ।

वितरित औषधी र स्वास्थ्य सामग्री जिल्ला जनस्वास्थ्य सुर्खेत, वीरेन्द्रनगर नगरपालिका कार्यालय, औषधी व्यवसायी सङ्घ सुर्खेत, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयबाट सहयोगस्वरूप प्राप्त भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :