चेल्सीले दोस्रोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि

चेल्सीले दोस्रोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि

काठमाडौँ : म्यान्चेस्टर सिटीलाई पराजित गर्दै चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

पोर्चुगलमा शनिबार राती भएको फाइनलमा चरिपरिचित प्रतिद्वन्द्वी सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।

पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरेका थिए ।

खेलको ४३ औँ मिनेटमा हाभर्ट्जले निर्णायक गोल गरेका हुन् । यससँगै चेल्सीले दोस्रोपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । यसअघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :