युवा, विद्यार्थी र जनपत्रकारले गरे रक्तदान

युवा, विद्यार्थी र जनपत्रकारले गरे रक्तदान

दाङ : नेकपा निकट युवा, विद्यार्थी र जनपत्रकार सङ्गठनले दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा संयुक्त रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।

पार्टी निकट युवा सङ्गठन नेपाल दाङ, अखिल (क्रान्तिकारी) दाङ र जनपत्रकार सङ्गठन नेपाल दाङद्वारा महान, प्रज्वललगायत एकीकृत जनक्रान्तिका सहिदहरूको स्मृतिमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शीतलले गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शीतलले राज्य निकास, निष्कर्षबिनाको संसदीय चक्रमा घुमिरहेको बताए । उनले यतिबेला राज्यको ध्यान नागरिकको जीवनरक्षा हुनुपर्नेमा अर्को लफडा संसद् विघटन, पुनस्र्थापना, मध्यावधि चुनावजस्ता निकासविहीन चक्रमा घुमिरहेको बताए । शीतलले कोरोनाविरुद्ध अग्रमोर्चामा लड्ने डाक्टर, नर्स, सम्पुर्ण चिकित्सक र सुरक्षा निकायलाई धन्यवाद दिए ।

कार्यक्रममा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदीप वली, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तिलक योगी, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य वीरेन्द्र विक, नेपाल रेडक्रस सोसाइटी दाङ शाखाका मन्त्री प्रकाश श्रीबन्द, ब्लड बैङ्क इन्चार्ज दिलीप न्यौपानेको आतिथ्य रहेको थियो ।

कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकसहित ४५ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :