अमेरिकामा कोरोनाबाट ६ लाख ७ हजार ७२६ को मृत्यु, ३ करोड ३९ लाख ९९ हजार ६९० सङ्क्रमित

अमेरिकामा कोरोनाबाट ६ लाख ७ हजार ७२६ को मृत्यु, ३ करोड ३९ लाख ९९ हजार ६९० सङ्क्रमित

काठमाडौँ : विश्वमा सबैभन्दा धेरै कोरोना सङ्क्रमण फैलिएको अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६ लाख ७ हजार ७२६ पुगेको छ । वर्ल्डोमिटर्सले दिएको जानकारीअनुसार त्यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या ३ करोड ३९ लाख ९९ हजार ६९० पुगेको छ । बितेको २४ घन्टामा अमेरिकामा २४ हजार ३९३ सङ्क्रमित थपिएका भन् भने ६३० सङ्क्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म त्यहाँ २ करोड ७७ लाख १ हजार ८७९ जनाले कोरोनालाई जितेका छन् । अमेरिकामा अहिले ५६ लाख ९० हजार ७५ जनामा सक्रिय सङ्क्रमण छ । उनीहरूमध्ये ६ हजार ५६१ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

आजसम्म विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ करोड ९६ लाख १६ हजार ८१६ पुगेको छ । त्यस्तै ३५ लाख २५ हजार ५०९ जनाले ज्यान गुमाएमा छन् । अहिलेसम्म कोरोनालाई जित्नेको सङ्ख्या १५ करोड १४ लाख ५८ हजार ७०१ पुगेको छ ।

विश्वमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड ४६ लाख ३३ हजार ६०६ रहेको छ । त्यसमध्ये ९७ हजार ९०२ को स्वास्थ्य अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :