नेकपा उदयपुरद्वारा कोरोनाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन

नेकपा उदयपुरद्वारा कोरोनाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन

गाईघाट : नेपाल कम्युनिस्ट पार्टी उदयपुरले आज कोरोना महामारीविरुद्ध मास्क र सेनिटाइजर वितरण गरेर जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ । उदयपुरगढी गाउँपालिकाको वडा नं. १ मा रहेका ३५ घरपरिवारका सदस्यलाई मास्क र सेनिटाइजर वितरण गरिएको नेकपा उदयपुरले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी उदयपुर र ओखलढुङ्गा जिल्ला इन्चार्ज विवेक कुमालले दिएको जानकारीअनुसार कटारी नगरपालिका वडा नं. ४ मा ७५ परिवारलाई पनि मास्क र सेनिटाइजर वितरण गरिएको छ ।

कार्यक्रममा उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मण पौडेल, स्थानीय नेताहरू लालबहादुर खत्री, पूर्णबहादुर कटुवाल, चन्द्रबहादुर बराल, मोहन मगरलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :