कोरोनाको उपचारलाई प्रभावकारी बनाऊ : नेकपा

कोरोनाको उपचारलाई प्रभावकारी बनाऊ : नेकपा

रसुवा : नेपाल कम्युनिस्ट पार्टी रसुवाले कोरोना महामारीले रसुवालाई पनि निकै प्रभावित बनाएको तर सरकार सङ्कटको घडीमा जनताप्रतिको स्वास्थ्य उत्तरदायित्वबाट पन्छिएर सत्ता टिकाउने खेलमा लागेको बताएको छ ।

नेकपाका रसुवा जिल्ला इन्चार्ज ध्रुव र सेक्रेटरी विराजले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला अस्पतालमा तत्काल अक्सिजन प्लान्ट निर्माण गर्न माग गरेका छन् । यस्तै विज्ञप्तिमा कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने र कर्तव्य पालनाको सिलसिलामा कसैको ज्यान गएमा निजका परिवारको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने उल्लेख छ । कोरोना सङ्क्रमितको सम्पूर्ण उपचारखर्च सरकारले बेहोर्नुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ ।

सम्पूर्ण नागरिकको उपचार प्रभावकारी र सुलभ बनाउन पनि विज्ञप्तिमा माग गरिएको छ । यस्तै कोरोनाका बिरामीका लागि भाडा निःशुल्क गर्न, पीसीआर जाँच निःशुल्क गर्न, यसलाई सहज बनाउन जाँच गर्ने घुम्ती टोलीको व्यवस्था गर्न र आपूर्ति व्यवस्थापनलाई सहज गर्नुका साथै कालोबजारी नियन्त्रण गर्न पनि विज्ञप्तिमार्फत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :