भरतपुर अस्पताल सुधार सङ्घर्ष समितिले अस्पताल अध्यक्षलाई बुझायो ज्ञापनपत्र

भरतपुर अस्पताल सुधार सङ्घर्ष समितिले अस्पताल अध्यक्षलाई बुझायो ज्ञापनपत्र

चितवन : ‘राइट म्यान इन राइट प्लेस’ नारासहित शान्तिपूर्ण आन्दोलन गरिरहेका भरतपुर अस्पतालमा कार्यरत फर्मासिस्ट तथा सहायक फर्मासिस्टहरूले भरतपुर अस्पताल विकास समितिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । भरतपुर अस्पताल सुधार सङ्घर्ष समितिका संयोजक अजामिन ढकाल नेतृत्वको टोलीले सोमबार ज्ञापनपत्र बुझाएको हो ।

अस्पतालको स्टोर एवम् अन्य औषधीको बिक्रीवितरण, भण्डारण एवम् व्यवस्थापन हुने प्रत्येक क्षेत्रमा फर्मासिस्टको अनिवार्य उपस्थिति हुनुपर्ने माग राखी चरणबद्ध रूपमा शान्तिपूर्ण आन्दोलन गर्दै आइरहेका फर्मासिस्टहरूले विभिन्न माग राखी ज्ञापनपत्र बुझाएका हुन् । अस्पताल विकास समितिका अध्यक्ष र निमित्त मेसुले अन्य अनिमियतता र अपारदर्शिताका विषयमा प्रस्तुत ज्ञापनपत्र बुझ्दै जायज मागको सम्बोधन गरी यथाशीघ्र फार्मेसी सेवालाई चुस्तदुरुस्त पारी बिरामी जनतालाई अत्यावश्यक औषधी उपलब्ध गराउन र औषधी भण्डारण विभागलाई सोही विषयका कर्मचारी मातहतमा ल्याउन आउँदो १३ गते नयाँ जिम्मेवारीसहित आउने मेसुले तुरुन्त कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भरतपुर अस्पताल सुधार सङ्घर्ष समिति ज्ञापनपत्र बुझाउने कार्यक्रममा विभिन्न राजनीतिक दल, स्वास्थ्यकर्मी सङ्गठन, पेसा व्यवसायी सङ्घसंस्था, विद्यार्थी, स्वतन्त्र युवाहरू गरी ३० जना उपस्थित थिए । सङ्घर्ष समितिका संयोजक ढकालले चाँडो मागको सुनुवाइ गरी अस्पतालको फार्मेसी सेवालाई चुस्तदुरुस्त पार्न माग गर्दै ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै डा. प्रकाश चन्दले अस्पतालमा फार्मेसी स्टोर शाखामा चरम आर्थिक अनियमितता र अपारदर्शिता रहेको, अन्य विभाग र क्षेत्रमा पनि चरम लापरबाही हुने गरेको र अस्पतालका मेसुको पनि महिना–महिनामा हुने सरुवाले अस्पताल थप लथालिङ्ग र भद्रगोल भएको, यो सरुवाप्रक्रियामा आआफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थ रहेका बताए ।

कार्यक्रमको सञ्चालन सङ्घर्ष समितिका प्रवक्ता ओमकार सापकोटाले गरेका थिए । ज्ञपानपत्र …..

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :