नेपालमा ८ हजार १७३ कोरोना संक्रमित थपिए, एकैदिन २४६ जनाको मृत्यु

नेपालमा ८ हजार १७३ कोरोना संक्रमित थपिए, एकैदिन २४६ जनाको मृत्यु

काठमाडौँ :नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा ८ हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ८० हजार हजार ५२३ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घन्टामा थप २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :