नवलपरासीको दाउन्नेमा बस दुर्घटना, चारजनाको मृत्यु, ४९ जना घाइते

नवलपरासीको दाउन्नेमा बस दुर्घटना, चारजनाको मृत्यु, ४९ जना घाइते

काठमाडौँ : काठमाडौँबाट रुकुम पश्चिम जाँदै गरेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पश्चिमको दाउन्नेमा बुधबार बिहान दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।

ना ५ ख २७१३ नम्बरको उक्त बस दाउन्नेको खुर्सानी खोलामा सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीे जनाएको छ ।

प्रहरीका अनुसार मृतकमध्ये रुकुम पश्चिमका ३६ वर्षीय धनराज घर्ती र २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ । दुईजना मृतकको भने परिचय खुलेको छैन ।

घाइतेहरूको पश्चिम नवलपरासीको चिसापानी सामुदायिक अस्पताललगायत स्थानमा उपचार भइरहेको छ । सामान्य घाइते भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सञ्चारमाध्यमलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :