नेकपा कञ्चनपुरद्वारा मडै परिवारप्रति समवेदना प्रकट

नेकपा कञ्चनपुरद्वारा मडै परिवारप्रति समवेदना प्रकट

कञ्चनपुर : नेकपा कञ्चनपुरले बुधबार शोक वक्तव्य जारी गर्दै कञ्चनपुर पार्टी जिल्ला सदस्य कृष्णपुर नगर इन्चार्ज र अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घका जिल्ला अध्यक्ष इन्द्र मडैकी आमा हरिनादेवी मडैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ओमप्रकाश पुन ‘निर्माण’ र पार्टी सचिब रमेश नेपाली ‘जीवन’ द्वारा जारी शोक वक्तव्यमा हरिनादेवीको ८३ वर्षको उमेरमा आज डँडेल्धुरा आलिताल गाउँपालिका वडा नम्बर ४ मा रहेको आफ्नै घरमा निधन भएको खबरले पार्टीलाई दुःखी बनाएको र यस शोकको घडीमा मृतक आमा हरिनादेवीप्रति पार्टीका तर्फबाट भावपूर्ण श्रद्धाञ्जलीसहित शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ ।

शोक वक्तव्यमा भनिएको छ, ‘एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाको महान् अभियानमा क्रियाशील कमरेड इन्द्र मडैकी मृतक आमा हरिनादेवीप्रति पार्टीका तर्फबाट भावपूर्ण श्रद्धाञ्जलीसहित शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :