लालसाइँला

कविता

लालसाइँला

ऊ घुम्थ्यो प्रायः दुर्गमका बस्तीहरूमा
मगर बस्तीहरूमा
दलित बस्तीहरूमा
थारू बस्तीहरूमा
अल्पसङ्ख्यक मुसहर बस्तीहरूमा
दलित र उत्पीडित बस्तीहरूमा
पिछडिएका दूरद्रराजहरूमा
हिलो, धुलो नभनी
भोक तिर्खा नभनी ….!

ऊ बोल्दथ्यो बाह्य हस्तक्षेपका विरुद्ध
सीमा हस्तक्षेपका विरुद्ध
ऊ कुरा गर्दथ्यो स्वतन्त्रताका
ऊ नारा लगाउँथ्यो वर्गमुक्तिका
ऊ गाउँथ्यो विद्रोहका भाका
ऊ लड्थ्यो राणा, राजा, पञ्च र बहुदलका
निरङ्कुशता विरुद्ध
युद्धका, आन्दोलनका विभिन्न मोर्चाहरूमा
सबै–सबै गुमाएर पनि
ऊ लडिरह्यो क्रान्तिका निम्ति, परिवर्तनका निम्ति
ऊ अर्थात् लालसाइँला ..!!

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :