म्यानचेस्टर युनाइटेड र फुलहम बराबरीमा

म्यानचेस्टर युनाइटेड र फुलहम बराबरीमा

काठमाडौँ : इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र फुलहमले बराबरी खेलेका छन् । मङ्गलबार राती भएको खेलमा युनाइटेड र फुलहमले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा युनाइटेड अङ्क बाँड्न बाध्य भयो । ओल्ड ट्राफोर्डमा १५ औँ मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ७६ औँ मिनेटमा जोई ब्रायनले गोल गर्दै फुलहमलाई १–१ गोलको बराबरीमा फर्काए ।

बराबरीसँगै युनाइटेड ३७ खेलमा ७१ अङ्कसहित दोस्रो स्थानमा यथावत् छ । फुलहम २८ अङ्कसहित १८ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :