प्रचण्ड, आऊ समाऊ जनताको पाउ

कविता

दया लाग्छ प्रचण्ड !
माधव समूहमा लाग्दा लाग्दा
कुकुरले हाड छोडेजस्तै
तिमीलाई छोडे प्रचण्ड
केपी वलीको फेरो समात्दा पनि
तिमीलाई कसैले पत्याएन प्रचण्ड
शक्तिको पूजा हुन्छ
तर तिम्रो शक्ति भएन ।
विचार छोडेपछि प्रचण्ड
तारे भीरबाट खस्यौ प्रचण्ड ।
अहिले कार्टुन बनेका छौ प्रचण्ड
दया लाग्छ प्रचण्ड
विचार भए पो हुन्छ ।
विचार छोडे के हुन्छ ?
जोक्कर हुन्छ
दलाल हुन्छ
अवसरवाद हुन्छ ।
विचार सही छ त सबै हुन्छ ।
आज छैन घमण्ड, दम्भ र सान
खान पाए आउँछन् तिम्रो वरिपरि
न खान पाइन्छ, न त सिद्धान्त
अवसरवादमा के हुन्छ ?
सिद्धान्तबिना अन्धो मानिस
विचारबिना लङ्गडो हुन्छ ।
दलाल पुँजीवादले पनि शक्ति हेर्छ ।
साम्राज्यवादी अमेरिकाले शक्ति हेर्छ
साम्राज्यवादी भारतले औकात हेर्छ ।
‘युज एन्ड थ्रो’ गर्छ ।
दया लाग्छ प्रचण्ड
कहिले ओल्लो डिल, कहिले पल्लो।
न त वर्गसङ्घर्ष
न त बल प्रयोगको शक्ति
गर्छौ लोकतन्त्रको भक्ति
संसदीय व्यवस्था त मरिसक्यो ।
भिक माग्छौ कति ?
खोइ प्रचण्ड ?
जनमुक्ति सेना खोइ ?
वाईसीएल खोइ ?
मालेमावाद खोइ ?
तिम्रो धरातल खोइ ?
हुँदै हुँदैन
लासको उपचार हुँदैन
अब केको विप्लव ?
केको किरण ?
विप्लव त एकीकृत जनक्रान्तिमा
आधा धर्ती जितिसके
आउँछौ र समरमा ?
तिमीले सडकमा फालेको
हँसिया र हथौडाको झन्डा
उठाएर बनपाखा, गाउँबस्ती
सहरबजार ढाकिसके ।
वैज्ञानिक समाजवादमा
लामबद्ध भैसके मानिस
जनताको विश्वास जितेर
आऊ प्रचण्ड
जनताको पाउमा आऊ
सहिदका सपना खायौ प्रचण्ड
सुन्दर सपनाका लागि
नयाँ बिहानीका लागि
सत्र हजारको छ बलिदानी
पचासौंँ हजार अपाङ्ग
तिमी आफू मात्र सबलाङ्ग ?
अझै छन् आस्थाका खम्बाहरू
क्रान्ति र परिवर्तनका हातहरू
कुनै त पदप्रतिष्ठामा डुबे
फोहोर आहालमा फसे ।
तिम्रो समूहमा पनि त
केही क्रान्तिकारीहरू छन् ।
तर आँट र साहस छैन ।
तिमीले बाटो बिराएपछि
उनीहरू पनि कुहिरोमै हिँड्ने ?
आउन सक्छौ भने आऊ
फलाम पगाल्न आऊ
जीवन–मरणको
लडाइँमा आऊ
दया लाग्छ प्रचण्ड ।

जनताको जित त निश्चित छ ।
किन गोलचक्कर ?
किन आत्मसमर्पण साम्राज्यवादमा ?
राष्ट्रियता, जनतन्त्र र जनजीविका
वैज्ञानिक समाजवादमा हुन्छ
यसैमा सुन्दर नेपाल बन्छ ।
अहिले प्रचण्ड नपाउँदा
दया लाग्छ प्रचण्ड
छविलालको होइन
छविलालको मात्र आवरण
अनावरण हुन्छ त प्रचण्ड ?
आऊ प्रचण्ड प्रायश्चित गरेर
जनताको पाउ समाउन आऊ ।

४ जेठ, २०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :