नेकपाद्वारा प्यालेस्टिनमाथि इजरायली साम्राज्यवादी आक्रमणको निन्दा

नेकपाद्वारा प्यालेस्टिनमाथि इजरायली साम्राज्यवादी आक्रमणको निन्दा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले इजरायली साम्राज्यवाद र सरकारद्वारा व्यापक जनधनको क्षति हुने गरी प्यालेस्टिनी जनतामाथि गरेको सैनिक हमलाको विरोध र भत्र्सना गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग इन्चार्ज कञ्चनले मङ्गलबार प्रेस वक्तव्य जारी गर्दै कुनै पनि सभ्य मानिसलाई क्षुब्ध र आक्रोशित बनाउने गरी प्यालेस्टिनी जनतामाथि भएको इजरायली बर्बर आक्रमणको निन्दा गर्नुका साथै आफ्नो पार्टीले उक्त साम्राज्यवादी आक्रमणको कडा रूपमा विरोध गरेको उल्लेख गरेका छन् । साथै उनले उक्त आक्रमण तत्काल बन्द गर्न इजरायली सरकारसँग अपिल पनि गरेका छन् ।

‘इजरायली चरम फासिवादको हाम्रो पार्टी घोर निन्दा र विरोध गर्दछ । प्यालेस्टिनी जनताको सम्प्रभुता, स्वाधीनता र राष्ट्रिय अखण्डता तत्काल कायम गरियोस् भत्रे माग गर्दछ’, कञ्चनको वक्तव्यमा लेखिएको छ । साथै मानवताका बिरुद्ध यसप्रकारको बर्बर आतङ्क रोक्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय समुदायको ध्यान पुर्याउन पनि वक्तव्यमा अपिल गरिएको छ ।

इजरायली साम्राज्यवादले गाजामा रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपी र अल जजिराको कार्यालयमा प्रहार गरेर सञ्चारमाध्यमलाई तर्साएको विषयमा वक्तव्यमा भनिएको छ, ‘प्यालेस्टिनी जनतामाथि चरमपन्थी इजरायली साम्राज्यवादीहरूको बर्बर आतङ्क विश्व–समुदायमा नजाओस् भनेर एसोसिएटेड प्रेस, अल जजिराजस्ता अन्तर्राष्ट्रिय सञ्चार माध्यमका कार्यालय भवनहरुसमेत बमबारीमा ध्वस्त बनाउनु इजरायली फासिवादको पराकाष्टा हो ।’

धार्मिक अन्धविश्वास र त्यसको जगमा पैदा भएको अतिवादी उन्मादले दुवै देशका जनतालाई भलाइ नगर्ने प्रस्ट पार्दै नेकपा नेता कञ्चनको वक्तव्यको अन्त्यमा भनिएको छ, ‘मानव जातिको वास्तविक मुक्तिका लागि दुवै देशका जनताले वैज्ञानिक समाजवाद– साम्यवादको बाटो अपनाउन उचित हुुन्छ भन्ने हाम्रो आग्रह छ ।’ प्रेस वक्तव्यको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :