नेपालमा आज ८,२०३ कोरोना सङ्क्रमित थपिए, १९६ जनाको मृत्यु

नेपालमा आज ८,२०३ कोरोना सङ्क्रमित थपिए, १९६ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ८ हजार २०३ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा २० हजार २८६ पीसीआर परीक्षण र ६९३ एन्टिजेन परीक्षण गर्दा ८ हजार २०३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । जसमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १४ हजार ५२९ पुगेको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घन्टामा थप १९६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५ हजार ४११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :