नेकपा सिराहाद्वारा रामबाबु यादवप्रति श्रद्धाञ्जली

नेकपा सिराहाद्वारा रामबाबु यादवप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेकपा सिराहाले शोक वक्तव्य प्रकाशित गरी कोरोना भाइरस सङ्क्रमणबाट निधन भएका पार्टीका पूर्वजिल्ला सदस्य रामबाबु यादव ‘करण’ प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

पार्टी इन्चार्ज बलवान र सेक्रेटरी प्रसिद्धद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी सिराहा जिल्लाका पूर्वजिल्ला सदस्य क. रामबाबु यादव ‘करण’ को महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण यही मिति २०७८/०२/०३ गते सोमबार दिउँसो करिब ३ः०० बजे धनगढी नगरपालिका कसाहा बजारस्थित ग्रिन एप्पल पोलिक्लिनिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उहाँको निधनले सिङ्गो पार्टीपङ्क्ति मर्माहत हुनुका साथै पार्टी र क्रान्तिप्रति उहाँले पुर्याउनुभएको योगदानको स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :