कोरोना भाइरस सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ३४ लाख ३ हजार ७४४

कोरोना भाइरस सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ३४ लाख ३ हजार ७४४

काठमाडौँ : विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३४ लाख ३ हजार ७४४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घन्टामा १० हजार ३४८ जनाको मृत्यु भएसँगै विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या यति पुगेको हो ।

वर्ल्डोमिटर्सका अनुसार विश्वभर दैनिक कोरोना भाइरसबाट सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा ८ लाख १० हजार ६४४ जना सङ्क्रमणमुक्त भएका छन् । २४ घन्टामा सङ्क्रमणमुक्त हुने यो सङ्ख्या नयाँ सङ्क्रमितभन्दा झन्डै तीन लाखले धेरै हो ।

पछिल्लो विवरणसँगै विश्वभर सङ्क्रमण जित्नेको सङ्ख्या १४ करोड ४१ लाख ६८ हजार ५०२ पुगेको छ । कुल सङ्क्रमितका आधारमा निको हुने दर ८७.७७ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घन्टामा ५ लाख २७ हजार ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर सङ्क्रमितको सङ्ख्या १६ करोड ४२ लाख ५७ हजार ५१ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय सङ्क्रममतको सङ्ख्या १ करोड ६६ लाख ८४ हजार ८०५ छ । यसमध्ये १ लाख १ हजार ७९८ जनाको अवस्था गम्भीर रहेको पनि वर्ल्डोमिटर्सले जनाएको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भए पनि पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । अमेरिकामा २ करोड ७१ लाखभन्दा धेरैले कोरोना भाइरसको सङ्क्रमणलाई जितेका छन् ।

त्यहाँ पछिल्लो २४ घन्टामा ३६५ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या ६ लाख ५३० पुगेको छ । त्यहाँ पछिल्लो २४ घन्टामा २४ हजार १६४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा एक सातायता सङ्क्रमितको दरमा कमी आएको छ । लगातार ४ लाख सङ्क्रमित हुँदै आएकोमा पछिल्लो २४ घन्टामा त्यहाँ २ लाख ६३ हजार ६५ जनामा सङ्क्रमण भएको छ । सङ्क्रमितको यो सङ्ख्या सोमबारको तुलनामा करिव २० हजारले कम हो ।

सङ्क्रमितको दर घटे पनि मृत्युदर भने उल्लेख्य रूपमा घटेको छैन । अहिले पनि त्यहाँ दैनिक चार हजारको हाराहारी सङ्क्रमितको मृत्यु भइरहेको छ । पछिल्लो २४ घन्टामा त्यहाँ ४ हजार ३४० जनाको मृत्यु भएको छ । यो सङ्ख्या सोमबारको भन्दा २४८ ले बढी हो । पछिल्लो विवरणअनुसार भारतमा कोरोना सङ्क्रमितको मृतक सङ्ख्या २ लाख ७८ हजार ७५१ पुगेको छ ।

यसैगरी ब्राजिलमा ४ लाख ३६ हजार ८६२ जनाको मृत्यु भएको छ । यस्तै रुसमा १ लाख १६ हजार २११ जना, बेलायतमा १ लाख २७ हजार ६८४ जना, फ्रान्समा १ लाख ७ हजार ८१२ जना, इटालीमा १ लाख २४ हजार २९६ जनाको मृत्यु भएको छ ।

अफ्रिकी मुलुकहरूमा १ लाख २६ हजार ९१३ जनाको मृत्यु भएको छ । अफ्रिकी महादेशको सबैभन्दा धेरै प्रभावित दक्षिणअफ्रिकामा ५५ हजार २६० सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :