बर्दियामा कोरोना सङ्क्रमितभन्दा जित्ने धेरै

बर्दियामा कोरोना सङ्क्रमितभन्दा जित्ने धेरै

बर्दिया : बर्दियामा सोमबार १०८ जना कोरोना सङ्क्रमणबाट निको भई घर फर्केका छन् भने ७४ जना नयाँ सङ्क्रमित थपिएका छन् । यसरी हेर्दा कोरोना सङ्क्रमित हुनेभन्दा जित्नेको सङ्ख्या बढी देखिएको छ ।

त्यस्तै बर्दियामा सोमबार नै कोरोना सङ्क्रमणबाट ८ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ सङ्कट ब्यवस्थापन केन्द्रका अनुसार सोमबार बर्दियामा ८ जनाको मृत्यु भएको छ भने ७४ जना नयाँ सङ्क्रमित थपिएका छन । त्यस्तै १०८ जनाले कोरोना जितेका छन् ।

कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लामा हालसम्म ३,३४७सङ्क्रमित सङ्ख्या रहेकोमा २,०६१ जना कोरोनालाई जिती डिस्चार्ज भएका छन् । सक्रिय सङ्क्रमित १,३४१ जना रहेका छन् भने १,२५९ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ९० जना सङ्क्रमित बर्दियाका विभिन्न अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् । हालसम्म बर्दिया जिल्लामा कोरोना सङ्क्रमणबाट ४६ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :