नेकपा रूपन्देहीद्वारा अहमत खानप्रति श्रद्धाञ्जली

बुटवल : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल रूपन्देहीका जिल्ला उपाध्यक्ष राजु खानका बुबा अहमत खानको निधन भएको छ । नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले खानको निधनले सिङ्गो पार्टीलाई दुःखी बनाएको बताएको छ । खानप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

सिद्धार्थ नगरपालिका वडा नं. ६ गल्लामन्डी निवासी खानको ७२ वर्षको उमेरमा निधन भएको नेकपा रूपन्देहीले जनाएको छ ।

भीम अस्पतालमा १४ दिनको बसाइपछि कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भइसकेका खानको शुक्रबार निमोनियाका कारण निधन भएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :