नेकपा बाजुराद्वारा ओकाइमती बोहोराप्रति श्रद्धाञ्जली

नेकपा बाजुराद्वारा ओकाइमती बोहोराप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बाजुरा र जनपत्रकार सङ्गठन बाजुराले हिमाली गाउँपालिका १ टिन निवासी ओकाइमती बोहोराको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

नेकपाका बाजुरा जिल्ला इन्चार्ज एन्डिज र जनपत्रकार सङ्गठन बाजुराका अध्यक्ष विमलबहादुर शाहीले शुक्रबार संयुक्त समवेदना वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।

समवेदना वक्तव्यमा नेकपाका बाजुरा जिल्ला सदस्य तथा हिमाली गाउँपालिकाका इन्चार्ज गोकुलबहादुर बोहोरा ‘सूर्य’ की आमा तथा जनपत्रकार सङ्गठन बाजुरा जिल्ला सदस्य मनीषा बोहोराकी बज्यै ओकाइमतीको शुक्रबार बिहान ९३ वर्षको उमेरमा भएको निधनले आफूलाई दुःखी बनाएकाले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :