नयाँ संस्कार आरम्भ गर्ने घोषणा गर्दै श्रद्धाञ्जली सभा

नयाँ संस्कार आरम्भ गर्ने घोषणा गर्दै श्रद्धाञ्जली सभा

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेख आठबीस नगरपालिका ८ को आयोजनामा पार्टी जिल्ला समिति सदस्य दुर्गा सिँजापतिकी आमा नानकली बडुवाल र ठूलोबुबा कृष्ण बडुवालको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन गरिएको छ ।

बिजुलीको अध्यक्षता र लोकराज कार्कीको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला सेक्रेटरी दीपेन्द्र प्रमुख अतिथि थिए । प्रमुख अतिथि दीपेन्द्रले भने, ‘कोरोना भाइरसको दोस्रो चरणको सङ्क्रमणका बीचमा यो श्रद्धाञ्जली कार्यक्रम गरिरहेका छौँ । हाम्रो पार्टी पुरानो संस्कार बदल्न चाहन्छ । यसका लागि यो दलाल संसदीय व्यवस्थालाई अन्त्य गरेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ ।’ नयाँ व्यवस्थाले मात्र नयाँ संस्कारको थालनी गर्ने उनले बताए ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश, अखिल (क्रान्तिकारी) दैलेखका अध्यक्ष सुदर्शन र पार्टी नेता क्रान्ति अतिथिका रूपमा सहभागी थिए ।

श्रद्धाञ्जली कार्यक्रममा दुर्गा सिँजापतिकी आमा नानकली बडुवाल र ठूलोबुबा कृष्ण बडुवालको तस्बिरमा अबिर र माला लगाएर श्रद्धाञ्जली व्यक्त गरिएको थियो । कार्यक्रममा मृतक नानकलीका नाममा स्थानीय सरस्वती आधारभूत विद्यालयमा छात्रवृत्तिका लागि पचास हजार रुपैयाँको अक्षयकोष खडा गर्ने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :